BACK TO HOME PAGE


नजरले न देखे पनि मनले मनलाई छुंदो रहेछ
माया भन्ने चिजै यस्तो थाहै नपाई हुँदो रहेछ



प्रस्तुत शब्द निर्माणाधिन चलचित्र 'मलाई मन पर्‍यो' को हो । शुक्रबार राजधानीको नक्साल स्थित भर्जिन स्टुडियोमा उक्त गीत रेकर्डीङ गरियो । शम्भुजित बाँस्कोटाको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र माण्डबी त्रिपाठीले स्वर दिएका छन् । दयाराम पाण्डेको शब्द रहेको प्रस्तुत गीतलाई मनोहर सुनामले एरेन्ज गरेका हुन् ।
 
रमेशजंग रायमाझीले निर्माण गर्न लागेको चलचित्र 'मलाई मन पर्‍यो' को निर्देशन भद्र भुजेलले गर्दैछन् । चलचित्रको कथा बिकाश आचार्यले लेखेका हुन् । हिमालयन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा जीवन लुईटेल, राजबल्लभ कोईराला, निरूता सिंह, मिथिला शर्मा, सुष्मा कार्कीलगायतका कलाकारको अभिनय रहने छ ।

असारको २५ गतेबाट छायाँकन गर्ने तयारी गरिएको चलचित्रका निर्माण नियन्त्रक उत्तम केसी हुन् । चलचित्रको छायाँकन इलाम, हिले, पोखरा, जिरी र काठमाण्डौमा गरिने भएको छ ।

No comments:

Post a Comment