BACK TO HOME PAGE

अनुपको 'डेमोक्रेसी इज ब्ल्याक' उत्कृष्ट



अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका अनुप पौडेल बिश्वविजेता बनेका छन् । विश्वका २२ सय प्रतिनिधिबाट १८ उत्कृष्ट युवाभित्र पर्न सफल उनी विजेता बनेका हुन् । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता थियो ।

काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय पौडेलले बनाएको 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्रमा चारवटा फरकफरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरिएको छ । चार रङ मिलेर कालो बन्छ भन्ने तथ्यलाई देखाइएको भिडियोमा नीलोलाई बुबा संकेत दिँदै स्वतन्त्रता, हरियोलाई दिदी-बहिनीको संज्ञा दिँदै शान्ति, पहेलो रङलाई दाजुभाइको संकेतको रूपमा ऐक्यबद्धता र रातोलाई आमाको संज्ञा दिँदै मायाको रूपमा भिडियोमा प्रस्तुत गरिएको छ । वृत्तचित्र १ मिनेट ३० सेकेन्ड लामो छ ।

विजेता बनेपछि उनी आफ्नो भिडियो देखाउनका लागि अमेरिकाको न्युयोर्कलगायत क्षेत्रमा जाने अवसर पाउने र सो भिडियो त्यहाँका चलचित्र भवनहरूमा समेत देखाइने पौडेलले बताए । ओस्कार कलेज अप फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा पनि प्रथम भएका थिए ।

No comments:

Post a Comment