| BACK TO HOME PAGE 'बाटोमुनिको फूल' मा प्रकृतिको स्वर |
दार्जिलिङ्गकी १५ वर्षीया गायिका प्रकृति गिरीले चलचित्र 'बाटोमुनिको फूल' मा एउटा गीतको रेकर्डिङ्ग गरेकी छिन् । प्रकृति स्टार प्लसको रियालिटी सो भ्वाइस अफ इन्डिया छोटे उस्तादकी सेकेन्ड रनर अप हुन् । नेपाली चलचित्रमा पहिलो पटक पाश्र्वगायन गर्न पाएकोमा नेपालीमूलको यी किशोरी खुसी थिइन् । काठमाडौंको कमलपोखरीस्थित एक रेकर्डिङ्ग स्टुडियोमा आइतबार र सोमबार गरी उनको स्वर रेकर्ड गरियो । गायक यशकुमार नै नायक रहेको चलचित्रका संगीतकार तथा गीतकार पनि उनी नै हुन् । सुरज सुब्बा 'नाल्बो' ले चलचित्रको निर्देशन गरेका छन् । चलचित्रमा गायक यशकुमार, बाबु बोगटीका साथै रेखा थापा र नन्दिता केसीको मुख्य भूमिका छ । |
Subscribe to:
Post Comments (Atom)
I was suggested this website by my cousin. I am not sure whether this post is written by him as nobody else know such detailed about my trouble. You are wonderful! Thanks 검증사이트
ReplyDelete